छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

Gandaki Ghumau

बेनी, । छाडा कुकुर नियन्त्रण गर्न बुधबार बेनीमा शिविर आयोजना गरेर कुकुरको बन्ध्याकरण गरिएको छ ।
छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न भेटेरिनरी अस्पतालमा आयोजना गरिएको शिविरमार्फत ९४ वटाको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले गरेको थियो ।
३१ वटा सामुदायिक र ६३ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । “पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन्, दिनको शिविर मार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो ।”

Gunasthariya Shiksya


कुकुरको संख्या बृद्धिमा नियन्त्रण गराउन विगतको शिविरले सहयोग पुगेको कारण यसलाई निरन्तरता दिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले बताउनुभयो ।
“सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई छाडा कुकुरले दुःख दिएका छन्,” उहाँले भन्नुभयो “संख्या घटाउनुका साथै रेविज रोग नियन्त्रणमा बन्याकरण शिविरले सहयोग गरेको छ ।”
बेनी नगरपालिकाका मेयर सुरत केसीले बजार क्षेत्रमा कुकुरको ब्यवस्थापन र संख्या बृद्धि रोक्नका लागि शिविरले सहयोग पुग्ने बताउनुभयो । केन्द्रिय रिफरल पशु चिकित्सालयका पुश डाक्टर टंकप्रसाद प्रसाई, डाक्टर अर्जुन अर्याल र डाक्टर विकास गिरी सहित ८ जनाको टोलीले कुकुरको बन्ध्याकरण गर्नुभएको थियो । सामुदायिक कुकुर बोक्ने एम्वुलेन्स पनि शिविरमा उपलब्ध थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...