योजना कार्यान्वयनलाई तिव्रता दिन मन्त्री जुग्जालीको निर्देशन

Gandaki Ghumau

बेनी, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयनलाई तिव्रता दिन र सेवा प्रवाहमा सुशासन कायम गर्न म्याग्दीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन उच्च मनोवलका साथ सिर्जनशिल र रचनात्मक हिसाबले काम गर्न निर्देशन दिनुभयो ।

प्रदेश र संघीय सरकार मार्फत जिल्लामा सञ्चालनमा रहेका योजनाहरुको अवस्थाको बारेमा आफु जानकार नै रहेको बताउँदै उहाँले ढिलासुस्तीलाई हटाउँदै निर्माण व्यवसायिहरुलाई कार्यक्षेत्रमा फर्काएर तिब्रताका साथ काम हुने वातावरण बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

‘‘हिउँदयाममा समेत विकास निर्माणको कामले गति पाएको छैन, प्रदेश सरकार मार्फत गर्नुपर्ने पहल हामी गर्छौँ, कार्यान्वनयको पाटोमा ढिलासुस्ती हटाउन अब सबैखालका प्रयास र प्रयन्त गर्न जरुरी छ, कारबाहीकै तहमा पुग्नुपर्ने भएपनि पछि हट्नु हुँदैन’’–उहाँले भन्नुभयो ।

जिल्लामा अहिले रु. आठ अरब बजेटका योजनाहरु कार्यान्वनयको चरणमा रहेको पाइएको बताउँदै योजनाहरुको प्रभाबकारी कार्यान्वयनको चुनौती रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलुसीराम पौडेल लगायत जिल्ला स्थित कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयको सेवा प्रवाह तथा योजना कार्यान्वनयको अवस्थाको बारेमा मन्त्री जुग्जालीलाई जानकारी गराउनुभएको थियो ।

भौगोलिक विकटता, दरबन्दि अनुसारका जनशक्तिको कमी, धेरै टुक्रे योजनामा बजेट बिनियोजन हुने र ठुला आयोजनामा बजेट कम हुने, नीतिगत कमजोरीलाई टेकेर निर्माण व्यवसायीले अटेरी गर्ने जस्ता समस्या सुनाएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...