नेकपाका कार्यकर्ताले लागुऔषध सहित भेटिएका युवालाई प्रहरीको जिम्मा लगाए

khali

बेनी, । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीका कार्यकर्ताले लागू औषध सहित एक युवालाई प्रहरीको जिम्मा लगाएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज चोकमा शंकास्पद अवस्थामा नेत्रजेपाम नामक लागू औषध ३९३ ट्वालेट सहित भेटिएका रुपन्देहीको सोमरीमाई गाउँपालिका ३ सिलवारी घर बताउने १९ बर्षका मुस्ताफा खानलाई नियन्त्रणमा ल्याएर प्रहरीको जिम्मा लगाइएको नेकपा म्याग्दीले जनाएको छ ।
भारतबाट आगुऔषध ओसार पोसारमा संलग्न हुने गरेको सूचनाको आधारमा अलिको साथमा लागुऔषध भेटिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई सम्पर्क गरेर बुझाइएको नेकपा म्यागदीका सेक्रेटरी कैलाशको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले समेत एक प्रेस विज्ञप्ती जारी गरेर खानको साथमा लागुऔषध फेला परेको र उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाइएको जानकारी गराएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...