राष्ट्रपति भण्डारी बुधबार जलजलामा आउनुहुने

khali

बेनी, । राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार पर्वतको जलजला क्षेत्रको भ्रमण गर्नुहुने भएको छ ।
राष्ट्रपति भण्डारीले फागुन १० गते बुधबार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको भ्रमणलाई सफल पार्न पालिका तयारीमा जुटेको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उक्त दिन राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाईमा रहेको पौराणिक–धार्मिक रुपले महत्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्षेत्रको हेलिकप्टरबाट अवलोकलन गर्ने कार्यक्रम समेत रहेको पालिका उपाध्यक्ष आचार्यले बताउनुभयो ।
‘‘राष्ट्रपति जलजलाको भ्रमणमा आउने कुराले हामी हर्षित र उत्साहित भएका छौं,’’ पालिका उपाध्यक्ष आचार्यले भन्नुभयो,‘‘राष्ट्रपतिको भ्रमणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने आशा गरेको छौं । भ्रमणलाई सफल बनाउन पालिकाले सम्पूर्ण तयारी गरेको छ ।’’
राष्ट्रपति भण्डारीले बुधबार बिहान १० बजे बराह ताल परिसरमा निर्माण भएको मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरि, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, मुख्य सचिव शंकरदास बैरागी, गण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारी लगायत विशिष्ट व्यक्तिहरु आउनुहुने जनाइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...