खनीयाघाटको फुटबल प्रतियोगिताको विजेता र उपविजेता उत्साही

Shreekrishna hardware

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ मा खनियाघाटमा महाशिवरात्री पर्वको अवसरमा आयोजित फुटबल प्रतियोगितामा वारीवेनीको उत्साही समूहको दुई वटा टिमले प्रथम र दृतीयको उपाधी जितेका छन् ।
फागुन ३ देखि ६ गतेसम्म खनियाघाट युवा क्लवले आयोजना गरेको फाइभ ए साइड फुटबल प्रतियोगितामा २२ टिम सहभागि थिए । जलजला गाउँपालिका–३ वारीबेनीको उत्साही समूहको टिम ए लाई शून्यका विरुद्ध २ गोल गर्दै टिम एले उपाधी जितेको अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम र दृतीयले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५५ हजार ५५५ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । “उत्साही समूहले पछिल्लो समय सहभागिता जनाएको धेरै प्रतियोगितामा सफलता हात पारेको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो “खेलाडीहरुको मेहनतबाट सफलता मिलेको हो ।”
आफ्नो भूगोलमा खेलमैदान नभएकाले अभ्यासका लागि उनिहरु म्याग्दी बेनीको खेलमैदानमा आउने गर्छन् । खेलमैदान र प्रशिक्षणको व्यवस्था भएमा वारीबेनीलाई फुटबलको उर्वर भूमि बनाउन सकिने सम्भावना देखिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...