जामुनाखर्कमा योग शिक्षा र अभ्यास

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा योग शिविर र शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।
बेनी नगरपालिकाको सहयोगमा माघ २९ गतेदेखि शुरु भएको कार्यक्रम ६ दिनसम्म सञ्चालन हुने जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत विद्यार्थी र अभिभावकहरुमा शारिरिक र मानसिक स्वास्थ्यका लागि योगको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।

Bhautik ministry notice about road


हरेक बिहान ६ देखि ८ बजेसम्म सञ्चालन हुने शिविरमा योग प्रशिक्षक कमलकुमारी पुर्जाले योग अभ्यास गराउनुका साथै सैद्धान्तिक विषयमा जानकारी गराउनुभएको छ । कार्यक्रममा विद्यार्थीका अलावा अभिभावकहरु पनि सहभागि भएका छन् । दैनिक १५० जनाका दरले सहभागि भएका छन् ।
विद्यार्थीहरुलाई योगको महत्वका बारेमा अतिरिक्त ज्ञान दिन पनि कार्यक्रमले सहयोग गरेको नगर शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो । विद्यार्थीलाई मोटिभेसिन गर्नुपनी कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई छ । कार्यक्रमको बेनी नगर उपप्रमुख ज्योती लामिछानेको उपस्थितिमा शुरु गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...