म्याग्दी क्याम्पसमा नेविसंघको रक्तदान

khali

बेनी । नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

khali

नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको आठौ स्मृति दिवसको अवसरमा नेविसंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३२ जनाले रत्तदान गरेका नेविसंघ म्याग्दी क्याम्पस इकाई सभापति सुजता खत्रीले जानकारी दिनुभयो ।

क्याम्पसका विद्यार्थी, प्राध्यापक लगायतले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रमको नेपाली काँग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । नेविसंघ म्याग्दीका सभापति निर्मल खत्री, नेपाली काँग्रेसका बेनी नगर सभापति रवीन्द्र कार्की (रवी), तरुण दलका जिल्ला सभापति मुकुन छन्त्याल, प्रदेश क्षेत्र (क)का उपसभापति सुजन बरुवाल लगायतको उपस्थिति थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...