धवलागिरीको मलम्पार गाउँ सडक सञ्जालमा जोडियो

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार गाउँ सडक सञ्जालमा जोडिएको छ ।
धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङ देखि दैडाँडामा पुगेको सडक यसपाली विस्तार गरेर मलम्परा पु¥याइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।
“मलम्पारबाट सडकलाई वडा नम्बर ६ को बुल जोडेर चक्रपथ बनाउने काम अन्तिम चरणमा छ,” उहाँले भन्नुभयो “मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु. २५ लाख र प्रदेश सरकारले रु. १० लाख बजेट बिनियोजन गरेको छ ।”
दैडाडादेखि चार किलोमिटर २० मिटर सडकको मार्ग खुलेको छ । बिनियोजित मध्य बाँकी रहेको अनुमानित दश लाख बजेटबाट मलम्पारदेखि बुललाई सडकले जोडिने उपाध्यक्ष पुनमगरले बताउनुभयो । करिब एक किलोमिटर मार्ग खोलेपछि धवलागिरीको ५ र ६ नम्बर वडा जोडिने र चक्रपथ बन्ने जनाइएको छ ।

khali


मल्कवाङ देखि मलम्पार सम्मको सडकको दुरी पाँच किलोमिटर भन्दा बढी रहेको गाउँपालिकाका प्राविधिक जनक धानुकले बताउनुभयो । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब १ घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ ।
मलम्पारका १५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो । मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडिवुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

Shreekrishna hardwear in news


सडकको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्ष अमर छन्त्याल, प्राविधिक जनक धानुक लगायतको टोलीले सडकको मंगलबार अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष पुनले यातायात सुविधाबाट बच्चित बस्तिमा सडक पु¥याउने योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...