मोहनबहादुर मल्ल स्मृति पुरस्कार ढकाल, सापकोटा र जिसिलाई प्रदान

Gandaki Kotihome

बेनी, । मोहनबहादुर मल्ल स्मृति पुरस्कार–२०७९ बाट सोमबार तीन जना महिला साहित्यकार पुरस्कृत हुनुभएको छ ।
मोहनबहादुर मल्लको ११२ औ जन्म जयन्तीको अवसरमा सोमबार पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य ढकाल, गंगा आचार्य सापकोटा र रेणुका जिसीलाई पुरस्कृत गरिएको हो ।
मोहनबहादुर मल्ल स्मृति समितिका अध्यक्ष दिप मल्ल र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले ढकाल, सापकोटा र जिसिलाई जनही नगद रु. नौ हजार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।


धौलागिरी क्षेत्रकै अग्रज साहित्यकार मल्लको स्मृतिमा पछिल्लो तीन वर्षयता साहित्यकारहरुलाई पुरस्कृत गरिदै आएको छ । वि.स. २०७७ मा डा. षडानन्द पौड्याल, २०७८ मा कृष्णप्रसाद शर्मा (शिशू), डा. जगन्नाथ रेग्मी र केदारनाथ पौडेललाई मोहनबहादुर मल्ल स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यसवर्ष पुरस्कृत तीन जना साहित्यकारहरुको जन्मथलो मल्लाज हो । हाल आचार्य र सापकोटा काठमाडौ तथा जिसी रौतहतमा हुनुहुन्छ । मल्लाजमा जन्मिएर साहित्यको माध्यमबाट जलजलालाई चिनाउन योगदान गरेवापत उहाँहरुलाई पुरस्कृत गरिएको समितिका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news


काठमाडौको ब्रिलियन्ट बहुमुखी क्याम्पसका उपप्रध्यापक र सेन्ट जर्ज इन्टरनेशनल स्कुलका शिक्षक रहनुभएका ढकाल अक्षरपाटी डिजिटल पत्रिकाका सम्पादक, ज्याति साहित्य प्रतिष्ठानको सचिव, मानक नेपाली भाष अन्तराष्ट्रिय सञ्जालको आजिवन सदस्य, काम्य प्रतिष्ठानको संस्थापक सदस्य, सिसार मासिक पत्रिकाको आजिवन सदस्य र विश्व साहित्य महासंघ नेपाल शाखाको कार्यकारी सदस्य हुनुहुन्छ ।

Notice about ban dadalo


आस्थाको आँचल (मुक्तक र छाउपडीका देउता (लघुकथा) संग्रह प्रकाशन गर्नुभएकी अवकास प्राप्त शिक्षक सापकोटाले विभिन्न कविता प्रतियोगितामा बिजयी हुनुभएको छ । शिक्षण पेशामा आवद्ध जिसीले हालै सनेस कथा संग्रह प्रकाशन गर्नुभएको छ । यसअघि जलनका अभिव्यक्तिहरु गजल संग्रह प्रकाशन गर्नुभएकी जिसी बाह्खरी कथा प्रतियोगितामा दृतीय हुनुभएको थियो ।


सो कार्यक्रममा मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको साहित्यिक पत्रिका कालञ्जरको वर्ष १८, अंक १४ को बिमोचन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आचार्यले स्वर्गीय मोहनबहादुर मल्लले भाषा, साहित्य, कला, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
मल्लको सम्मानमा मोहनचोक नामाकरण गरिनुका साथै उहाँको शालिक निर्माण गरिएको छ । कार्यक्रममा सम्मानित साहित्यकार गंगा आचार्य सापकोटा, रेणुका जिसी, उषा आचार्य ढकाल, वडा अध्यक्ष भरत जिसी, पुर्व वडा अध्यक्ष भिष्म मल्ल, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सचिव गोपाल प्रसाद आचार्य, साहित्यार सुन्दरप्रसाद जोशी, ध्रुबलाल शर्मा, हरि पौडेल लाटो, चन्द्रबहादुर लामिछाने लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...