धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ ।

माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. पचास हजार प्राप्त गरेको छ ।

धनजनता मावि फलियागाउँले ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको छ । ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको किसानी चन्द्रकुन्ता मा.वि. धारापानी तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद क्रमश रु. ३० हजार र २० हजार प्राप्त गरेका गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजाल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

११ वटा विद्यालय सहभागि प्रतियोगितामा जनजागृति मावि मल्कवाङ बाहेक सबै विद्यालयले पदक जितेका छन् । छात्र र छात्रा भलिबल र एथलेटिक्स बिधाका २३ वटा इभेन्समा ६९ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

गुर्जाको जनकल्याण माविले २ स्वर्ण र १ कास्य, लमसुङ मा.वि.ले १ स्वर्ण र १ रजत, धवलागिरी मावि मुनाले १ कास्य, बुद्धी विकास मावि मुद्धीले १ स्वर्ण, २ रजत र ४ कास्य, चन्द्रज्योती मावि खिवाङले २ रजत र ६ कास्य, जनविकास मावि मराङले २ रजत र ३ कास्य, ताकम माविले २ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेका छन् ।

पालिका स्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई जिल्ला स्तरीय प्रतियोगितामा छनौट गरिने भएको छ । जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...