लाम्पाटा–दरवाङ सडक निर्माणमा भएको ढिलासुस्ति प्रति मन्त्री जुग्जालीको चासो

Gandaki Ghumau


बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ ।

सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ ।

मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न वि.स. २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।

Shreekrishna

पछिल्लो पटक थपिएको म्याग्दी आगामी असारमा सकिदैछ् । गत बैशाख महिनाको पहिलो सातादेखि सडक निर्माणको काम ठप्प छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो ।

“दुई तीन वटा ठेकेदार फेरिए । कसैले पनि काम पुरा गरेका छैनन । काम अधकल्चो बनाएर छाडेका छन्,” उहाँले भन्नुभयो “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधी मार्फत दवाव दिएपनि अटेरी गरेका छन् ।”

Gunasthariya Shiksya

सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाहे भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक वि.स. २०६३ मा मार्ग खुलेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । “काम सूचारु नगरेपछि जमानत जफत गर्न जमानी बसेको बैंकलाई पत्राचार गरेका छौ,” उहाँले भन्नुभयो “तत्काल पर्याप्त मजदुर, उपकरण परिचालन नगरे ठेक्का तोडेर कालोसूचिमा राख्ने प्रक्रीया अघि बढाएका छौ ।”

म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित सांसद समेत रहेका गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले केही दिनअघि सडकको अनुगमन गर्दै निर्माणलाई गति दिन कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।

विरुवा–क्याराभानका प्रतिनिधी सोमनाथ गौचनले बर्खा, नदीजन्य निर्माण सामग्रीको अभाव, चुनाव लगायत कारणले रोखिएको निर्माण कार्य सूचारु गराउन लागेको बताउनुभयो । “कार्यस्थलमा भएका उपकरणको मर्मत र मजदुर ल्याइसकेको छु,” उहाँले भन्नुभयो “एक, दुई दिनमै काम शुरु गर्छु । नदीजन्य निर्माण सामग्रीको अभाव भएकाले सहजिकरण गरिदिन गाउँपालिकालाई अनुरोध गरेको छु ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...