धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

khali

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ ।

६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद बिकले जानकारी दिनुभयो ।

धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भिरमा खनिएको सडक स्तरोन्नति भएपछि बस चल्ने भएको हो ।

Shreekrishna hardwear in news
khali

बस र जिप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरीया र गुर्जाका पाँच सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको रु. दश लाख बजेटबाट पुर्वाधार विकास कार्यालयले महतलाको भिरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो ।

दुई वर्ष लगाएर गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङ देखि लुलाङ हुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भैरहेको छ ।

लुलाङ गुर्जा सडक निर्माणका लागि धवलागिरी गाउँपालिकाले रु. ४५ लाख र गण्डकी प्रदेश सरकारले रु. ८० लाख बिनियोजन गरेका छन् । यसैगरी धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने दुर्गम मलम्पार गाउँमा पनि सडक पुगेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. २५ लाख बजेटबाट मल्कवाङ हुदै मलम्परासम्म सडक जोडिएको र त्यसलाई बिस्तार गरेर वडा नम्बर ६ को बुलसँग जोड्न काम भैरहेको जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...