मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

khali

मच्छिम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।
श्रीपञ्चमी पर्वको अवसरमा मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो ।
विपन्न परिवार पहिचान गरेर अस्टे«लीयाबाट नेपाली सहयोगी मन समूहले पठाएको रकमबाट खाद्यान्न खरिद गरि उपलब्ध गराइएको भूमे युवा क्लवका सेरबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्री र गाउँपालिकाको शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले खाद्यान्न वितरण गर्नुभएको थियो ।
विश्वका विभिन्न देशमा रहेका युवाहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग जुटाएर दुखमा परेका नेपालीहरुलाई सहयाग गर्दै आएको संस्थाका सचिव माधव सुवेदीले बताउनुभयो । “सेवा नै धर्म हो” भन्ने मुल नारा बनाएको समूहले दुःखी, पिडीत, असहाय, बिरामी र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुलाई आकस्मिक राहतको लागि सहयोग गर्दै आएको छ ।

khali


यसैगरी मच्छिममा शनिबार देखि खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिताको खेल शुरु भएको छ । माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष भलिबल बिजेतालाई रु. ७० हजार र दृतीयलाई रु. ४० हजार, महिला भलिबलको बिजेतालाई रु. २५ हजार र दृतीयलाई रु. १५ हजार प्रदान गरिने भएको छ ।
यसैगरी पुरुष बास्कटबलमा बिजयीलाई रु. चालिस हजार, उपबिजेतालाई रु. २५ हजार, प्रौढ भलिबल प्रतियोगितामा बिजयीलाई रु. ३० हजार र उपविजेतालाई रु. बीस हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । नृत्य प्रतियोगितामा बिजेतालाई रु. दश हजार, दृतीयलाई रु. सात हजार र तृतीयलाई रु. तीन हजार प्रदान गरिने भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...