फगामको सुन्तला बिरुवाले बजार पाएन्

Gandaki Ghumau

फगाम, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् ।

फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेको फगामका कृषक जोखबहादुर बिकले बताउनुभयो ।

“गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिए,” उहाँले भन्नुभयो “यसपाली हुर्किएका दश हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेडा लगाउने तयारी गरेको छु ।” फगामकी डिलकुमारी पुनले बिक्री हुन छाडेपछि बिरुवा उत्पादन गर्न छोड्नुभएको छ ।

Shreekrishna

करिब पाँच सुन्तला नर्सरी व्यवसाय गरेकी डिलकुमारीले छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झर्नुभएको छ । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्नका लागि योग्य हुन्छन् । दुई वर्ष काटेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जाले बताउनुभयो ।

“त्सै लैजाने भन्दा पनि कोही आएनन्,” उहाँले भन्नुभयो “सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।” पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन्् ।

Gunasthariya Shiksya

बजार बिस्तार हुन नसकेको कारणले बिरुवा नबिकेको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक दुर्गादत्त सुवेदीले बताउनुभयो । वडा सदस्य समेत रहेका सुवेदीका अनुसार फगाममा उत्पादन भएका मध्य करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएको छैन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।

नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् । बेनपा–९ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाले बताउनुभयो ।

“म्याग्दीमा उत्पादन भएको बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ,” उहाँले भन्नुभयो “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”

म्याग्दीका स्थानीय तहहरुले गत वर्ष करिब पचास हजार सुन्तलाका बिरुवा बितरण गरेका थिए । बाहिर जिल्लाबाट ल्याइने बिरुवा सस्तो भएपनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकहरुले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनी स्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्यालले कृषकहरुलाई संगठिन बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...