मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

Gandaki Pardesh notice

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार तीन जना नयाँ मन्त्री थप गरेर मन्त्री परिषद्लाई पुर्णता दिनुका साथै मन्त्रालय बाँडफाँड गर्नुभएको थियो । मन्त्री चुमानले तनहुको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने ११५ मिटर पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय अध्ययनको प्रतिवेदनको कार्यसुची स्वीकृतिका लागि पेश भएको टिप्पणी सदर गर्नुभएको थियो । यो गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो ।

Bhautik ministry notice about road

मन्त्री जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार संकलन र बिक्री वितरण सम्बन्धी प्रदेशगत रणनीतिक योजना बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका चुमान तनहु २(२) र जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित हुनुभएको हो ।

Shreekrishna hardwear in news

चुमान यसअघि पृथ्वीसुब्ब गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो । जुग्जाली भने पहिलो पटक मन्त्री बन्नुभएको हो । मन्त्रीद्धयलाई सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...