जलजलामा ग्रामिण भिडियो एक्सरे सेवा शुरु

Gandaki Ghumau

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ ।

वडा नम्बर ३ स्थित मल्लाज स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रम आयोजना गरेर सेवाको उद्घाटन गरिएको हो ।

पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा पुगेर गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिने उद्देश्यले सेवा शुरु गरिएको जलजला गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले बताउनुभयो ।

Shreekrishna

सेवाको सुभारम्भ गदैं गाउँपालिका राजुप्रसाद अध्यक्ष आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गरिएको बताउनुभयो ।

भिडियो एक्सरेका लागि अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको बताउँदै आचार्यले आगामी दिनमा सेवालाई निरन्तरता दिने बताउनुभयो । वडा अध्यक्षहरु एकिन्द्र खत्री, भरत खत्री, प्रकाश जिसी लगायत जनप्रतिनिधि, स्थानीय अगुवाहरुको उपस्थितिमा सेवा शुरु गरिएको थियो ।

Gunasthariya Shiksya

गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा सञ्चालन गरिने जनाइएको छ ।

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएपनि हेल्चेक्राई तथा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोरका साथै विभिन्न कारणले छुट्ने गरेको अवस्थामा ग्रामिण भिडियो एक्सरे सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरिएकाले शल्यक्रिया, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका विभिन्न जटिल समस्या देखिएमा आमा र शिशुको सुरक्षाका लागि आवश्यक थप सहयोग गर्ने जनाइएको छ ।

दुई जना स्वास्थ्यकर्मी र दुई वटा प्रोटेवल भिडियो एक्सरे मेसिनको व्यवस्था गरिएको छ । वान हर्ट वल्र्ड वाइड परियोजना र स्वास्थ्य कार्यालयसँग साझेदारी गरेर गाउँपालिकाले प्रोटेबल अल्ट्रासाउन्ड मेसिन खरिद गरेको थियो । एक वटा स्वास्थ्य संस्थामा महिनामा एक पटक सेवा दिइनेछ् ।

जलजलामा वार्षिक १०० जना सुत्केरी हुने गरेका छन । कम्तिमा चार पटक गर्भ परिक्षण गराउनुपर्छ । चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भ परिक्षण गर्नुपर्ने बताइएको छ । पहिलो दिन १६ जना गर्भवतिले सेवा लिएका छन् । वडामै सेवा पाउँदा भिडियो एक्सले गर्न बेनी, कुश्मा, बाग्लुङ र पोखरा पुग्दा हुने समय र खर्चको बचत हुने बताइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...