योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि डा. मिनबहादुर श्रेष्ठ नियुक्त

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले श्रेष्ठलाई सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य पुनम खड्काले जानकारी दिनुभयो ।

श्रेष्ठ दोस्रो कार्यकालको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिएर पहिलो कार्यकालमा आयोगको उपाध्यक्ष बनेका श्रेष्ठले राष्ट्र बैङ्कको अनुसन्धान र ऋण विभागको नेतृत्व गर्नुभएको थियो ।
सन १९८८ वाट राष्ट्र बैङ्कमा आवद्ध हुनुभएका श्रेष्ठ आर्थिक अनुसन्धान, तालिम, नीतिगत सुझाव तथा रणनीति तर्जुमाका काममा विज्ञ मानिनुहुन्छ । उहाँसंग २००६ देखि २००९ सम्म साउन ईस्ट एसिया सेन्ट्रल बैक्स रिसर्च एण्ड टे«नीङ सेन्टरको बरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेको अनुभव छ ।

Shreekrishna hardwear in news

सार्वजनिक प्रशासन र राजनितिक शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका श्रेष्ठले अस्टे«लीयाको ओलोङगोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारीधी गर्नुभएको छ । वित्तीय उदारीकरण, मौद्रिक नीति, पँुजी प्रवाह, लगानी, अन्तराष्ट्रिय आप्रवास, गरिवी लगायतका विषयको खोज अनुसन्धानमा संलग्न श्रेष्ठको सात वटा पुस्तकहरु प्रकाशन भैसकेको छ ।

श्रेष्ठ साहीत्यीक क्षेत्रमा मिन दन्द्धीको नाममा चिनीनुहुन्छ । म्याग्दीमा माओवादीको संस्थापक मध्यका एक श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले गत प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुुपातिक उमेद्वार बनाएको थियो । वि.स. २०७४ र गत मंसिरको संसदीय चुनाव प्रचारका लागि श्रेष्ठ तत्कालीन गठबन्धनका उमेद्वारहरुसँगै म्याग्दीका अधिकांश गाउँबस्तीमा पुग्नुभएको थियो ।

Bhautik ministry notice about road

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले गर्नुभएको परिकल्पना अनुसार म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली मोडेलको कृषि फार्म सञ्चालन भएको छ ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखेर चार बर्षअघि म्याग्दीबाट शुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि विस्तार भएको छ ।

देशभरका सम्पूर्ण विकास योजना निर्माण र बजेटको सिमाना निर्धारण गर्ने मुख्य निकायमा म्याग्दीको उपस्थितीले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।

‘‘लामो समय बैङ्कीङ, योजना र आर्थिक नीति निर्माणको अनुभव सँगालेका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष हुँदा यसअघि म्याग्दीका दुरगामी महत्वका योजना र बजेट भित्रिएर कार्यान्वयन भएका थिए,” उहाँले भन्नुभयो “सरकारले म्याग्दीलाई दिएको अवसरको सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ ।”

यसअघि श्रेष्ठ उपाध्यक्ष हुँदा बेनी–जोमसोम–कोरला, बेनी–दरवाङ सडक लगायत म्याग्दीका दुरगामी महत्व राख्ने विकास आयोजनाको डिपिआर स्विकृत, बजेट बिनियोजन र कार्यान्वयन थालिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...