सडक दौडमा नविन र सविना विजयी

Gandaki Pardesh notice

बेनी । बेनीमा शुक्रबार भएको सडक दौड प्रतियोगितामा बेनपा–५ का नविन कार्की र रघुगंगा–३ की सविना विक विजयी हुनुभएको छ ।

सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघ र एथलेटिक्स संघसँग समन्वय गरेर जिल्ला खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेका हुन् ।

कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट १५ सेकेण्डमा पार गर्नुभएको थियो । दोस्रो भएका धवलागिरी गाउँपालिकाका भूमिराज नेपालीले २४ मिनेट १५ सेकेन्टमा निर्धारित दुरी पार गर्नुभयो । २५ मिनेट तिन सेकेन्डमा सोही दुरी पारगरी मालिका गापा ६ का अर्जुन विकले तेस्रो स्थान हासिल गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुरुषतर्फ २३ जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । महिला तर्फ १९ मिनेट ४५ सेकेण्डमा ६ किलोमिटर दुर पार गरेर बिजयी भएकी सविना रघुगंगा माविको कक्षा ८ की विद्यार्थी हुनुहुन्छ । २० मिनेट १३ सेकेन्डमा दुरी पार गरेकी मंगला गाउँपालिका ५ अर्मन पोककी रिक्जना माझी दोस्रो हुनुभयो । तेस्रो भएकी धवलागिरी गाउँपालिका–७ की मनिषा खत्रीले २२ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो । महिलातर्फ ७ जना धाविका सहभागि भएका थिए ।

पुरुषतर्फ प्रथम, दृतीय र तृतृयलाई रु. आठ हजार, पाँच हजार र तीन हजारका दरले पुरस्कृत गरिएको थियो । महिलामा प्रथम, दृतीय र दृतीय हुनेलाई क्रमश रु. पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको छ । बेनी नगरपालिकाकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...