बेनीमा वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु

Gandaki Pardesh notice

बेनी, । बेनीको कालीपुलमा बिहिबारदेखि वडा स्तरीय वास्केटबल प्रतियोगिता शुरु भएको छ ।
सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता छ । आठ वटा टिमलाई लिग कम नक आउट सिस्टममा खेलाइएको छ ।

पहिलो दिन तीन वटा खेल भएको छ । बेनी नगरपालिका ८ ले रघुगंगा गाउँपालिका–३ पिप्लेलाई ४६ का विरुद्ध ७२ स्कोर गर्दै जित निकालेको छ । बेनी नगरपालिका–१० ले अन्नपूर्ण गाउँपालिका–६ लाख ४१ का विरुद्ध ५३ स्कोर गरेको छ ।

बेनी रघुगंगा गाउँपालिका–६ ले बेनी नगरपालिका ९ लाई ३१ का विरुद्ध ४९ स्कोर गरेको छ । शुक्रबार क्वाटरफाइनल र सेमिफाइनल तथा शनिबार फाइनल खेलाइने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष विसन रानाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगितामा प्रथम र दृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र १५ हजार प्रदान गरिने मुल आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । जिल्ला वास्केटबल संघ संगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुदै म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीलाई चिनाउन योगदान गरेको खेलकुदलाई पनि महोत्सवमा समेटिएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले छिट्टै जिल्ला स्तरीय वास्केटबल प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो । बास्केटबल संघ म्याग्दीका अध्यक्ष यामराज पुर्जा (एकिन्द्र)को अध्यक्षता र उपाध्यक्ष राजेन्द्र गुरुङको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन चाम पुर्जाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...