दरवाङ–नाउरा सडकमा बस सञ्चालन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने नाउरा सम्म बस सेवा सञ्चालन हुन थालेको छ ।

म्याग्दी यातायात कम्पनी प्रा.ली.ले मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि नाउरा जोड्ने सडकमा आइतबारदेखि बस सञ्चालन गरेको हो । नाउरामा निर्माणाधिन अपर म्याग्दीखोला जलविद्युत आयोजनाले बनाएको पहुँचमार्गबाट स्थानीयबासीलाई यातायात सुविधा पुगेको हो ।

सो सडकको खारा–खाम्ला क्षेत्रमा सडक निर्माणमा धवलागिरी गाउँपालिकाले पनि लगानी गरेको छ । नाउरबाट प्रत्येक बिहान १०.३० बजे दरवाङका लागि बस छुटाउने म्याग्दी यातायात कम्पनी प्रा.ली.का अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बस सञ्चालन भएपछि बगर, मुदी, खिवाङ, चेचुङ, बाँसबोट, छहरी, कल्लेनी, शिवरात्रीखोला, भारवाङ, बिम, खारा, इल्पु लगायत बस्तीका बासिन्दा लाभान्वित हुने कल्लेनीका खगिन पुनले बताउनुभयो । यो सडकबाट जलविद्युत लगायत विकास आयोजना र धौलागिरि चक्रीय पदमार्ग तथा हिमाल आरोहणमा जाने पर्यटकहरु पनि लाभान्वित हुने जनाइएको छ ।

नाउरा देखि दरवाङ रु. २९०, खाम्ला–दरवाङ रु. २५०, खारा बाँसबोट–दरवाङ २००, छरी–दरवाङ रु. १७०, कल्लेनी–दरवाङ १४०, भारवाङ–दरवाङ रु. ८० प्रतिव्यक्तिका दरले भाडादर निर्धारण गरिएको छ ।

केही दिनअघि मात्र बेनी देखि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दर्मीजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडकमा पनि बस सेवा शुरु भएको थियो । धवलागिरी गाउँपालिकाको मुना हुदै मुदी सम्म पनि बस सञ्चालनका लागि यातायात व्यवसायीहरुको टोलीले केही दिनअघि अध्ययन गरेका थिए ।

ग्रामिण क्षेत्रमा सडक निर्माण र विस्तार भएसँगै यातायात सेवा पनि विस्तार हुन थालेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...