दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स कल्वको उपकरण सहयोग

Shreekrishna hardware

दरवाङ। अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार उपकरण उपलब्ध गराएको छ ।

लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो । रु. ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लव अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको हो । लायन्स क्लवका पदाधीकारीहरुले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष पथबहादुर रोका मार्फत केन्द्रका प्रमुख डाक्टर विजय शर्मालाई औजार हस्तान्तरण गर्नुभएको थियो ।

लायन्स क्लवका एरिया कोअर्डीनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सील अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेलले उपकरण हस्तान्तरण गर्नुभएको थियो । प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डाक्टर शर्माले बताउनुभयो ।

प्रमुख अतिथि रहनुभएका प्रदेशसभा सदस्य जुग्जालीले ग्रामिण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लवलाई धन्यवाद दिदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहज रुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरवाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताउनुभयो । क्लवले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागि सहयोगी हुने अध्यक्ष गर्बुजाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...