संगितमय बन्यो महोत्सव

Gandaki Ghumau

बेनी,। बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, घरेलु तथा औद्योगिक प्रर्दशनी विभिन्न कलाकारहरुको प्रस्तुतिले संगितमय बनेको छ ।

महोत्सवको तेस्रो दिन शनिबार गायक पशुपति शर्मा, प्रमोद खरेल र इन्द्र जिसीको प्रस्तुति रह्यो । सुमन परियार, रेजिना परियार, तारा थापा र बाबुराम रसाइलीको लाइभ दोहोरी भयो । यसैगरी बलबहादुर परियार र सन्तोष परियारले पनि गित प्रस्तुत गर्नुभयो ।

शनिबार प्रदेश स्तरीय नृत्य प्रतियोगिता भएको छ । १९ जना सहभागि प्रतियोगितामा म्याग्दीकी रेजिना शेरपुञ्जा प्रथम र पोखराका समिर पुन दृतीय भएका छन् । शनिबार करिब साढे चार लाख बराबरको टिकट बिक्री भएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

शुक्रबार भएको रत्यौली प्रतियोगितामा ब्रह्माण समाज प्रथम र क्षेत्री समाज दृतीय भएका थिए । बिवाह घरकै झल्को दिनेगरी रत्यौली प्रस्तुत गरेका थिए । शुक्रबार प्रकाश दुतराज, रवी कार्की, एलिना चौहानले गित गाएर दर्शकलाई नचाए । बिनु कार्कीको नृत्यमा दर्शक रमाए । फ्रिस्टार डान्स ग्रुप र कालरात्री ब्याडको आकर्षक प्रस्तुति थियो ।

आइतबार माघ १ गते गायिका शान्तिश्री परियार, कमेडिएन राजा राजेन्द्र, लोक दोहोरी गायक कुमार पुन, लोक गायक नेशन पुन, दोहोरी गायक इन्द्र जि.सी., सुमन परियार, रेजिना परियार, तारा थापा, ध्रुब जिसी, दिपेश थापाको प्रस्तुती मुख्य आकर्षण रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

आइतबार लठो तान्ने र छेलो फाल्ने खेल हुने आयोजकले जनाएका छन् । खेलकुदका कार्यक्रम सोमबारदेखि शुरु हुने भएका छन् । पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा शुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुदैछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...