बेनीमा कृषि मेला प्रर्दशनी शुरु

Gandaki Pardesh notice

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी शुरु भएको छ । कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग वाणिज्य संघले प्रर्दशनीको आयोजना गरेका छन् ।
कृषकहरुमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जानकारी दिनुभयो । प्रर्दशनीमा उत्कृष्ट हुने फसलका उत्पादक कृषकलाई प्रमाणपत्र र नगद सहित सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।
मसला, लहरेबाली, बन्दा काउली, जरेवाली, फलफुल, आलु टमाटर र विबिध गरि सात वटा बिधाका कृषि उपज प्रर्दशनी गरिएको हो । ६६ जना कृषकहरुले प्रर्दशनीमा सहभागिता जनाएका कृषि ज्ञान केन्द्रका प्राबिधिक सहायक सम्झना आचार्यले बताउनुभयो । एक वटा बिधाबाट दुई जनाका दरले पुरस्कृत गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...