म्याग्दीका कृष्ण बिकलाई युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका कृष्णकुमार विश्वकर्माले नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्ष जिम्मेवारी पाउनु भएको छ ।
सो संगठनका अध्यक्ष नरेशकुमार शाहीले विकलाई मंगलबार काठमाडौमा युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गर्नुभयो ।
शाही बाजुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रदेशसभाको काममा व्यस्त हुनुपर्ने भएकाले उपाध्यक्ष विकलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ । विकले मंगलबारनै जिम्मेवारी सम्हाल्नुभएको छ ।
बेनी नगरपालिका–८ निवासी विक नेकपा एकिकृत समाजवादी म्याग्दीको जिल्ला अध्यक्ष हुनुहुन्छ । विक बेनी नगरपालिकाका कार्यपालिका सदस्य पनि हुनुहुन्छ ।
“हामी व्रिदोहको पिरियडमा छौ, जहाँ जुन किसिमको भूमिकाको माग हुन्छ हामी त्यही उभिने हो, पल–पलको समयको महत्वलाई परिणाममा पु¥याउन लाग्ने हो,” उहाँले भन्नुभयो “धर्मरायको युवा आन्दोलनलाई ठिक ठाउँमा ल्याउन सकिन्छ । समस्या, चुनौति र अवसरको ठिक पहिचान गरिन्छ र समाधान खोजिन्छ । इमान्दार प्रयत्न सदा झै रहन्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...