पोर्चुगलमा हराएका म्याग्दी चुत्रेनीका सुरज अझै भेटिएनन्

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । वैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेका म्याग्दीका एक युवा २० दिनदेखि वेपत्ता भएका छन् ।

सन २०२२ को डिसेम्बर २२ तारिकका दिन पोर्चुगलबाट स्पेन जान हिडेका बेनी नगरपालिका–६ चुत्रेनीका २७ वर्षीय सुरज मल्ल वेपत्ता भएका हुन् । सुरजका दाजु कृष्णले पोर्चुगलको सान्तो आन्तोनिया भन्ने ठाउँमा पुगेका सुरज त्यसपछि परिवार, आफन्त र साथीहरुबाट सम्पर्क बिहिन भएको बताउनुभयो ।

“पोर्चुगलको ओडेमिरा भन्ने ठाउँबाट कामको खोजीमा स्पेन जाने क्रममा शान्तो आगोमा गाडीबाट झरेको पुष्टि भएको छ,” उहाँले भन्नुभयो “स्पेन जान हिडेका अन्य दुई जना साथीहरुलाई छोडेर गाडीबाट झरेपछि लिस्वनमा रहेका आफन्त कहाँ जान्छु भनेको तर त्यहाँ नपुगेको र सम्पर्कबिहिन भएका हुन् ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गैरआवासीय नेपाली संघ (एनआरएनए), म्याग्दी प्रवासी नेपाली संघ (मोना) र पोर्चुगल स्थित नेपाली कन्सुलेटको कार्यालय मार्फत पोर्चुगलको प्रहरीमा उजुरी गरिएपनि नभेटिएको पोर्चुगलमा रहनुभएका मल्लका आफन्त प्रताप हमालले बताउनुभयो ।

“पोर्चुगलमा रहेका हामी म्याग्देली र एनआरएनको सबै संयन्त्र परिचालन गरेर खोजी गरिएपनि सुरजको अवस्था पहिचान भएको छैन,” उहाँले भन्नुभयो “स्पेनको सिमानामा नपुग्दै गाडीबाट झरेको हुनाले पोर्चुगलमै केन्द्रित भएर खोजीमा परिचालन भएका छौ ।”

रोजगारीको शिलशिलामा मल्ल एक वर्षअघि पोर्चुगल गएका थिए । उनको घरमा श्रीमति र १८ महिनाको छोरा छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...