संसोधित बजेटमा सहमति नजुटेपछि मालिकाको गाउँसभा स्थगित

Gandaki Pardesh notice

दरबाङ, । संसोधित बजेटमा सहमति नजुटेपछि म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ ।

दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा शनिबार शुरु भएको गाउँसभाले लेखा समिति गठन, न्यायिक र सुशासन समितिको प्रतिवेदन तथा संकल्प प्रस्ताव भने पारित गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले चालु आर्थिक वर्ष २०७९÷८० को रु. चार करोड २० लाख ८९ हजारको संसोधित बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेटको चार वटा शिर्षकमा असहमति जनाउदै गाउँसभाका बहुमत सदस्यहरुले अस्विकृत गरेका थिए ।

Shreekrishna hardwear in news

थप छलफल गर्नुपर्ने भएकाले आगामी माघ १४ गते सम्म गाउँसभा स्थगित गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । “प्रशासकीय भवनको जग्गा व्यवस्थापन र प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न प्राथमिकता दिएका छौ,” उहाँले भन्नुभयो “सिमित स्रोतले असिमित माग सम्बोधन गर्नुपर्ने अवस्था छ । कार्यपालिका र समुदायसँग थप छलफल गरेर बजेट पारित गर्न स्थगित गरिएको हो ।”

संशोधित बजेट तथा कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन र कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले असहमती जनाउनुभएको थियो । म्याग्दी नदीको जोखिममा रहेको दरबाङ बजार संरक्षणको योजनालाई बजेटमा समेट्नुपर्ने भन्दै पुन र खड्काथोकीले संसोधन गर्न माग गर्नुभएको हो ।

गाउँपालिकाको प्रशासकीय भवन बनाउन जग्गा व्यवस्थापन गर्न रु. एक करोड, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती गर्न रु. ४० लाख, समपुरक कोषमा रु. एक करोड ३१ लाख ८९, विपद् व्यवस्थापन कोषमा थप रु. ३५ लाख, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन खर्चका लागि सशर्त अनुदान रु. १२ लाख, पोषण कार्यक्रमका लागि रु. ५ लाख लगायत १६ वटा शिर्षकमा बजेट प्रस्ताव गरिएको छ ।

Bhautik ministry notice about road

“म्याग्दी नदीको कटानले दरबाङ बजार थप जोखिममा परेको र स्थानीयबासीले समेत संरक्षणको लागि माग गरेका छन,” बजेट संसोधनको माग गर्दै पुनले भन्नुभयो “बजेटमा केही कम प्राथमिकता योजना तथा कार्यक्रमहरुलाई बढी बजेट राखिएको छ, त्यसमा मेरो असहमती छ । थप संशोधन गरी बजार संरक्षण योजनालाई बजेटमा समावेश गर्न र कम प्राथमिकताका योजनाहरुमा प्रस्तावित बजेटको आकार घटाउन माग गर्दछु ।’

गाउँपालिकाको चालु आर्थिक बर्षमा हालसम्म चालुतर्फ २६.०१ प्रतिशत र पुँजिगत तर्फ ७.६५ प्रतिशत खर्च भएको भने कुल बजेटमा १८ .५९ प्रतिशत प्रगति भएको उपाध्यक्ष पुनले गाउँसभामा जानकारी गराउनुभयो । चालु आर्थिक बर्षमा गाउँपालिकाले मोटरबाटो मर्मत गर्न विपद कोषबाट रु. एक करोड खर्च गरेको छ । गाउँपालिकामा हालमसम्म ३७ वटा वडा स्तरका योजना तथा कार्यक्रमहरु सम्झौता भएका मध्ये १६ वटा सम्पन्न भएका छन् । गाउँपालिकाले चालु आर्थिक बर्षमा १४ लाख १९ हजार ८५२ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको गाउँपालिका उपाध्यक्ष घर्ती मगर पुनले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०७९÷८० को लागि बार्षिक स्वीकृत कार्यक्रम अनुसार २३ वटा योजना तथा कार्यक्रमहरु शिर्षक रकमान्तर गरिएको छ ।

गाउँसभामा न्यायीक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको न्यायी समितिको प्रतिवेदन, वडा नम्बर १का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पुनले प्रस्तुत गर्नुभएको संकल्पपत्र, वडा नम्बर २ का अध्यक्ष तथा सुशासन समितिका संयोजक उदयकुमार बुढाथोकीले प्रस्तुत गर्नुभएको सुशासन प्रतिवेदन पारित भएको गाउँपालिकाका योजना अधिकृत तथा सुचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो । कार्यपालिका सदस्य प्रतिक्षा विकले लेखा समिति गठनका लागि मनबहादुर बुढा र गर्भे गुरुङलाई सदस्यमा प्रस्ताव गर्नुभएको थियो ।


गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बर्गुजाले चालु आर्थिक बर्षमा विभिन्न बर्षात र निर्वाचन लगायतका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको बताउँदै योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत वडाहरु र उपभोक्ताहरुले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर २ का वडा अध्यक्ष बुढाथोकीले गाउँपालिकाभित्रका मुख्य मालिकाधुरी, दुरलेक, बराही ताल, सोले डाँडा लगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ढुङ्गाखानी र तामाखानीलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन सके गाउँपालिकालाई आन्तरिक स्रोत जुटाउन सहज हुने बताउनुभयो । गाउँसभामा वडा नम्बर ३ का अध्यक्ष मोतिप्रसाद बुढा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका मगरले बोल्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...