मौवाफाँटमा प्रहरी चौकी र भवन उद्घाटन

Gandaki Kotihome

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी र भवन उद्घाटन गरिएको छ ।

प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले ब्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण भएको थियो ।

गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्का मार्फत २३ वटा इकाईको भवन निर्माण गरिएको डिआइजी जोशीले बताउनुभयो । चौकीमा हवल्दारको नेतृत्वमा ५ जना जनशक्ति खटाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

तीन तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० वटा कोठा छन् । दुई वटा भान्छाकोठा, शौचालय र स्नानगृह छन् । भवन बनाउन वि.स. २०७७ असोजमा शिवाको–जयलक्ष्मी जे.भी बागलुङले रु. एक करोड ८७ लाख ६२ हजार ८४६ मा ठेक्का लिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी नायव उपरीक्षक इञ्जिनियर केभिनजंग थापाले भवन निर्माणमा रु. एक करोड ८६ लाख ९४ हजार ३०७ खर्च भएको जानकारी दिनुभयो । निर्माण कम्पनीका प्रतिनिधि जयन्द्र श्रेष्ठले निर्धारित समयमै भवन बनाएर हस्तान्तरण गरेको बताउनुभयो ।

Notice about ban dadalo

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, बिरबहादुर विश्वकर्मा र मिठू खत्रीले चौकीको भवन बनाउन निशूल्क तीन रोपनी जग्गा उपलब्ध गराउनु भएको जानकारी दिनुभयो । भवन निर्माण स्थलसम्म पुग्ने सडक गाउँपालिकाले निर्माण गरेको थियो ।

प्रहरी निरीक्षक समुन्नत अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति केवी भण्डारी, एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, वडा अध्यक्षहरु बिलबहादुर फगामी, अमृत भण्डारी, पविन गर्बुजा लगायत स्थानीय अगुवा, आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मंगलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाई छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् ।

अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिहरुलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन वनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...