अन्नपूर्णका जनप्रतिनिधिहरुलाई डिजिटल साक्षरता तालिम

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिधिहरुका लागि डिजिटल साक्षरता तालिम शुरु भएको छ ।
पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा बुधबार शुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने भएको छ । आधुनिक प्रबिधि र सञ्चार माध्यमको प्रयोग गरेर सूचना आदानप्रदान गरि गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।
अधिकृत पौडेलका अनुसार प्रत्येक दिन ६ घण्टाका दरले ६ दिनसम्म कम्प्युटर, मोवाइल, ल्यापटप, इमेल र इन्टरनेटको प्रयोगबाट प्रशासनिक काम गर्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिने भएको छ ।
१५÷१५ जनाको समुह बनाएर तालिम दिन लागिएको हो । गाउँपालिकाका सूचना प्रबिधि अधिकृत रमेश थापा लगायतले तालिमको सहजिकरण गर्नुहुने भएको छ । तालिममा टापइ, स्क्यान, इमेल गर्ने, सन्देश आदान प्रदान गर्ने विषयमा ज्ञान सिप प्रदान गरिने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...