घुम्ति शिविर लिएर जलजलाका जनप्रतिनिधि र कर्मचारी वडामा

Gandaki Ghumau

बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिन थालेको छ ।
लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गरेको हो । मल्लाज स्थित वडा नम्बर २ को कार्यालयबाट सोमबारदेखि शुरु भएको घुम्ति शिविर ९ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन वडामा घुम्ति शिविर सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “जलजला वासीलाई गाउँमै सिंहदरबार आएको महशुस गराउने उद्देश्यले एकिकृत घुम्ति शिविर चलाएर सेवा दिन थालेका हौ ।”

Gunasthariya Shiksya


शिविरमा सम्पत्ति तथा भूमिकर संकलन, योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन संकलन, व्यवसाय नविकरण, ८० वर्ष माथिका जेष्ठ नागरिक र (क) बर्गका अपाङ्गता परिचयपत्र भएकालाई न्यानो कपडा वितरण र निशूल्क स्वास्थ्य परिक्षण सम्बन्धी सेवा दिइने गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।
पुष १९ गते ४, २० गते ६, २१ ग्ते ५, २२ गते ९, २४ गते ८, २५ गते ७ र २६ गते १ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । पहिलो दिन ७ वटा योजनाको उपभोक्ता समितिसँग योजना सम्झौता र ५३ जनाबाट विभिन्न शिर्षकमा रु. २६ हजार ५१० राजस्व संकलन भएको अधिकृत छैटौ भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna


अधिकृत गोविन्दबहादुर जिसीको नेतृत्वमा इञ्जिनियर सुनिल बानिया, अधिकृत छैटौ आचार्य, सुचना प्रविधि अधिकृत सुदिप पौडेल, सव इञ्जिनियर निशा खड्का, गिता तिलिजा, अध्यक्षको निजी सचिव राज आचार्य, वडा सचिव मिन खत्री, शोभा जिसीको टोलीले सेवा दिनुभएको थियो । गाउँमै सेवा पाउँदा पालिकाको कार्यालयमा जान, आउँदा हुने समय र खर्चको बचतका साथै झञ्जट हटेको सेवाग्राहीले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...