दुखुको नृत्य प्रतियोगितामा डाडागाउँका फुलपाति आमा समूह बिजयी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बिम, । मालिका गाउँपालिका–६ दुखुबेशीको बलौटेमा मितेरी युवा क्लवले आयोजना गरेको आमा समूह स्तरीय नृत्य प्रतियोगितामा बिम डाडागाउँको फुलपाति आमा समूह बिजयी भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

आठ समूह सहभागित प्रतियोगितामा बेनीका आमा समूह दोस्रो र दरवाङको आमा समूह तृतीय भए । प्रथम हुने फुलपाति आमा समूहले नगद रु. आठ हजार सहित कलाकारलाई आयोजकले प्रमाणपत्र वितरण गरेका थिए ।

फुलपाति आमा समूहबाट सुनिता जूग्जाली, अमृता छन्त्याल जुग्जाली, उमा पुन, गिता घर्ति पाईजा, कृष्ण पाईजा, भिमकली जुग्जाली, रत्न जुग्जाली र ओममाया जुग्जालीले मौलिक गितमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...