बेनी बचतलाई उत्कृष्ट सहकारी घोषणा

Gandaki Ghumau

बेनी। म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट सहकारी घोषणा गरेको छ ।

बैंकको गण्डकी प्रदेश इकाईका शनिबार पोखरा सभागृहमा भएको १९ औ साधारणसभामा बागलुङ शाखा अन्तरगतका सहकारी संस्थाहरु मध्य बेनी बचतलाई उत्कृष्ट घोषणा गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य तथा सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले बैंकले बनाएको विभिन्न सूचकहरुको आधारमा बेनी बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी घोषणा गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

साधारणसभामा बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी सहभागी हुनुभएको थियो । २१ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत र ऋण लगानीको सुविधा सहित विभिन्न सामाजिक क्रियाकलापमा समेत योगदान गरेको छ ।

सहकारीमा एक हजार ७४२ जना सदस्यको रु. तीन करोड ७३ लाख ५७ हजार ८०० सेयर पुँजी रहेको छ । रु. ४२ करोड ६७ लाख ३३ हजार ४१० निक्षेप संकलन र रु. ४१ करोड ३५ लाख ७३ हजार ४१० कर्जा लगानी गरेको छ ।

४७१ जना ऋणी सेयर सदस्य रहेका छन् । सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । बेनी बचत राष्ट्रिय सहकारी बैंकको सदस्य हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...