रघुगंगाको गाउँसभाबाट थप १ करोड ८५ लाख बजेट विनियोजन

Shreekrishna hardware

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा थप रु. १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।

मौवाफाँटमा सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ ।

Shreekrishna

संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत चिमखोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत घोप्टेखोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु. ५० लाख बजेट विनियोजन गरिएको छ ।

????????????????????????????????????
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

त्यसैगरि वडा नम्बर ५ झिँको वडा कार्यालय भवनको लागि थप रु. २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र संघीय सरकार विशेष र समपुरक योजनाहरु समेत माग गर्ने निर्णय गरेको छ ।प्रदेश समपुरक अन्तरगत पाखापानी–कोटगाउँ– रायखोर–घ्यासीखर्क सडकलाई रु. ५० लाख, संघीय समपुरक कोष अन्तरगत झिँ वडा कार्यालयलाई थप रु ३० लाख, संघीय समपुरक अन्तरगत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु. १ करोड ५० लाख बजेट माग गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरि संघीय विशेष अनुदान अन्तरगत वडा नम्बर १ बेगको भुँइपाईले फुटवल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाई योजना, वडा नम्बर ४ को शिव आधारभुत विद्यालय पुननिर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगंगा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभुत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलाहरुमा वारपारका लागि झोलुङ्गे पुलहरु समेत माग गर्ने निर्णय गरिएको छ ।

सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समिति गठन गरि समिति मार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक बर्षमा निर्वाचन लगायतका कारण योजना कार्यान्वयनमा ढिलाई भएको बताउँदै योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत वडाहरु र उपभोक्ताहरुले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सिमित स्रोत र साधनका बिच गाउँपालिकाले अत्याबश्यक आबश्यकताहरुलाई प्राथमिकतमा राखेर योजना छनौट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाहरुका लागि प्रदेश र संघीय सरकारमा पहल गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीप अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचन पछि पालिका मार्फत सञ्चालन हुने योजनाहरुको कार्यान्वयनको गति बढेको बताउँदै पालिका मार्फत सम्पादीत प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवम् प्रवक्ता शेरपुञ्जा र वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर शाहीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मालपोत अधिकृत कृष्णबहादुर कार्की र नापी अधिकृत तुलसी प्रसाद पौडेलले स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समितिको क्षेत्राधिकार, काम, कर्तव्य र सिमाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र लेखा अधिकृत खगराज सुवेदीले सञ्चालन गर्नुभएको सभामा विभिन्न योजनाहरुको संसोधन, कार्यपालिका बैठकका निर्णय अनुमोदन समेत गरिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक कुशल ढुंगानाले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...