बेनीमा नदी नियन्त्रण आयोजना शुरु

Gandaki Ghumau

बेनी, । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना शुरु भएको छ ।

रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका ७ र ८ को सिमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्कि पर्खाल निर्माण थालेको हो । परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्कि पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा सदस्य सोहन श्रेष्ठले जानकारी दिनुभयो ।

“कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्ने गरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ,” उहाँले भन्नुभयो “बेनीको कालीगण्डकी नदी किनारको सबैभन्दा जोखिमयुक्त ठाउँमा कटान नियन्त्रण गर्न लागिएको हो ।”

Shreekrishna

अहिले पक्की पर्खाल निर्माण गर्न लागिएको ठाउँमा यसअघि निर्माण भएको करिब १६० मिटर पर्खाल वि.स. २०७५ असोज र २०७८ असारमा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो । सो ठाउँमा ग्यावीयनको अस्थायी पर्खाल र ठुला ढुङ्गा थुपारेर कटान रोकथामको प्रयास गरिएको थियो ।

Gunasthariya Shiksya

रुपाताल संरक्षण एकिकृत विकास परियोजना, पोखराले २२ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०७८ माघमा कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणका लागि संरचना बनाउन रौताह–बिएनबी कन्ट्रक्सनसँग रु. नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्कि र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल असार अघिनै निर्माण भएको थियो । कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढीसकेकाले संगमचोक पछाडीको कालीगण्डकी किनारमा गत वर्ष पक्कि संरचना बनाउन सकिएको थिएन् ।

बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीसँग सहमती जुटाएर नदी किनारमा पक्की पर्खाल निर्माण शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी किनारमा ८ मिटर अग्लो र १३४ मिटर लामो काउन्टर फोर्ट प्रविधिको पर्खाल निर्माण गर्न लागिएको हो ।

रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बेनीमा नदी नियन्त्रणका लागि चार वर्षयता काम गर्दै आएको छ । परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बेनीको थप ठाउँमा पनि पक्कि पर्खाल बनाउन ठेक्का प्रक्रीयामा रहेको बताउनुभयो । संघीय सरकारले बेनीलाई जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेर नदी नियन्त्रणको काम गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...