संगितकर्मी संघमा गोकुल

Gandaki Ghumau

बेनी, । राष्ट्रिय संगित कर्मी संघ म्याग्दीको अधिवेशनबाट गोकुल विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Gunasthariya Shiksya

संघको वरिष्ठ उपाध्यक्षमा कमल पौडेल, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर रोका, दृतीय उपाध्यक्षमा बाबुराम रसाइली, उपाध्यक्षमा शान्त बर्देवा, महिला उपाध्यक्षमा प्रिति छन्त्याल, सचिवम गोकुल सुनार, सहसचिवमा सरिता परियार, कोषाध्यक्षमा दुर्गामाया रोका र सहकोषाध्यक्षमा सुस्मिता किसान हुनुभएको छ ।

सदस्यहरुमा खिमा पुन, दिला बि.सि., रितेश घतान, मनिष परियार र हिरा बस्याल चयन हुनुभएको निवर्तमान अध्यक्ष बिपिन पौडेलले जानकारी दिनुभयो । बेनीमा शनिबार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अधिवेशनको उद्घाटन गर्दै म्याग्दीलाई चिनाउन संगितकर्मीहरुको योगदान भएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...