स्वास्थ्य सेवाको पहुँच बढाउन मालिकामा ११ वटा सामुदायिक इकाई सञ्चालन

Shreekrishna hardware

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले ११ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ ।

गाउँपालिकाले टोल टोलमा इकाई सञ्चालन गरेर स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले वडा स्तरका स्वास्थ्य संस्था टाढा भएका वस्तीमा इकाई सञ्चालन गरेर आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको जानकारी दिनुभयो ।

छरिएका वस्ती, भौगोलिक विकटता र दुर्गम भएकाले स्वास्थ्य सेवाका लागि घण्टौ पैदल हिड्नुपर्ने समस्या हटाउन स्वास्थ्य इकाई सञ्चालन गरिएको हो । पायक पर्ने ठाउँमा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई राहत मिलेका छ । पहुँच बढेको छ ।

Shreekrishna

सात वटा वडा रहेको मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी र ११ वटा स्वास्थ्य इकाई छन् । वडा नम्बर १ निस्कोटको ओखरबोट, वडा नम्बर २ को धुलवाङ र जेममा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ ।

वडा नम्बर ३ को डाडागाउँ, पात्ले, वडा नम्बर ४ को ओखरबोट, सिस्नेरी, वडा नम्बर ५ को पन्थोक, ६ नम्बर वडाको उपल्लो दुखु, दिच्याम र ७ नम्बर वडाको दुलेमा स्वास्थ्य इकाई छन् ।

Ban devision notice

४ वटा इकाईमा अहेव र ७ वटामा अनमीको साथमा एक÷एक जना सहयोगी खटाइएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक राजेश थापा मगरले बताउनुभयो । “सबै वस्तीका वासीन्दालाई स्वास्थ्य सेवाका लागि एक घण्टा भन्दा बढी हिड्नु पर्दैन्,” उहाँले भन्नुभयो “इकाईबाट स्वास्थ्य चौकीकै सेवा उपलब्ध गराएका छौ ।”

स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरण, गर्भ परिक्षण, खोप सेवा उपलब्ध गराइएको छ । स्वास्थ्य इकाई सञ्चालनमा गाउँपालिकाले कर्मचारीको तलबमा मात्र मासिक रु. ५ लाखका दरले वार्षिक रु. ६५ लाख भन्दा बजेट खर्च गरेको छ ।

यसैगरी मालिका गाउँपालिका, गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटको सहयोगमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्या क्षमताको अस्पतालको रूपमा सञ्चालन गरिएको छ ।

केन्द्रबाट मालिका, धवलागिरि, मंगला र तमानखोला गाउँबासीले सेवा लिने गरेका छन् । सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो ।

हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ । शवगृहको भवन बनाएर शव परीक्षणको सेवा पनि दिने तयारी छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...