जानकी मन्दिरमा राख्ने शालीग्राम खोज्न मधेशबाट म्याग्दीमा

Gandaki Kotihome

बेनी । मधेश प्रदेशका जनकपुरधाम स्थित जानकी मन्दिरमा राख्ने शालीग्राम शिला खोज्न मधेश प्रदेशको एक टोली म्याग्दीमा आइपुगेको छ ।

विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ शालीग्राम शिला लैजान आएको मधेश प्रदेशको टोलीले शिला खोज्न थालेको छ । बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान देखि गलेश्वर क्षेत्रमा जानकी मन्दिरमा लैजाने शालीग्रामको खोजी भैरहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“मधेशबाट आउनुभएको धर्मगुरुहरुको टोलीले कालीगण्डकी किनारमा शालीग्राम खोजी गरिरहनुभएको छ,” उहाँले भन्नुभयो “शिला पहिचान भएपछि धार्मिक बिधि अनुसार जनकपुर पठाउने तयारीमा छौ ।” मधेश प्रदेश सरकारले संघीय र गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिकालाई शिला खोजीमा सघाउन र उपलब्ध गराउन पत्र पठाएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

नेपाल सरकारको मन्त्रिपरिषदको आइतबार बसेको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नुभएको थियो ।

हिन्दु धर्मावलम्बीहरुले बिष्णु भगवानको रुपमा पुज्ने शालीग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ । बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ । जानकी मन्दिरमा राख्ने शालीग्राम शिला खोज्न मधेश प्रदेशबाट म्याग्दीमा आउनुले यस क्षेत्रको धार्मिक सम्भावना र महत्व बढाएको नगर प्रमुख केसीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...