डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु

khali

बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि मुआव्जा वितरण थालिएको हो । डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले २२ वटा टावर रहने जग्गाका धनीलाई रु. एक करोड ९० लाख २८ हजार ७१० मुआब्जा वितरण गर्न लागिएको बताउनुभयो ।

“७७ वटा टावर निर्माण गर्नुपर्नेमा पहिलो चरणमा आवश्यक पर्ने रघुगंगा गाउँपालिकाको ३, बेनी नगरपालिकाको ९ र ५ तथा मंगला गाउँपालिकाको १ नम्बर वडाका ५० कित्ता जग्गाको मुआव्जा वितरण पुष १ गतेदेखि थालिएको हो,” उहाँले भन्नुभयो “थप टावर बन्ने जग्गाको पहिचान, सार्वजनिक जग्गामा नापजाँच र दररेट निर्धारणका लागि अध्ययनको काम जारी छ ।”
जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन भएको थियो । उपसमितिको सिफारिसको आधारमा प्रतिरोपनी रु. नौ लाख देखि रु. १३ लाख पचास हजारका दरले मुआब्जा निर्धारण भएको छ । सहायक प्रजिअ शर्माले प्रमाण खुल्ने कागजात र वडा कार्यालयको सिफारिस सहित मुआब्जाका लागि आयोजनाको बेनी स्थित कार्यालयमा सम्पर्क गर्न सम्बन्धित जग्गाधनीहरुलाई आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news

उपसमितिले यस अगाडी विभिन्न आयोजनामा कायम भएको जग्गाको प्रतिरोपनी मूल्य, मुद्रास्फिति दर, जग्गाको उर्वरशिलता र उपयोग, सडकको पहुँच, जग्गाको प्रकृति, चलनचल्तीको मूल्यका सम्बन्धमा वडा कार्यालयको सिफारिस, जनप्रतिनिधि, सरोकारवाला र आयोजना प्रभावितसँगको छलफल र प्राप्त सुझावको आधारमा मुआब्जाको दररेट निर्धारण गर्न सिफारिस गरेको थियो । पाँच कित्ता गुठीको जग्गाका मोहीहरुको मुआब्जाका विषयमा निर्णयका लागि गुठी संस्थानमा सिफारिस र पत्राचार गरिएको छ ।

khali

सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धी मान्ने गरिन्छ । म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न मालिका गाउँपालिका–७ बिम र रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माण शुरु भएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् ।

डाडाखेतमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण सकिएर सवस्टेशनको संरचना निर्माण भैरहेको छ । राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पुर्बाधार निर्माण भएको छ । सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ । डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ ।

२२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रबिधीको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १२ वटा जलविद्युत आयोजना निर्माणाधिन र निर्माणको प्रक्रीयामा छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...