वेष्ट पोइन्टले ३० औ वार्षिकोत्सव मनायो

Gandaki Kotihome

बेनी। बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले शुक्रबार विविध कार्यक्रम गरेर ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको अबसरमा विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतलाई सम्मान गरेको छ ।
विद्यालयबाट एसएलसी उत्तीर्ण गरी देश तथा बिदेबाट स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अमेरिकाको डल्लास युनिभर्सिटीबाट साइबर सेक्युरिटीमा स्नातक गरेका पाचौं ब्याचका गोबिन्द बिक, इन्जिनियरिंगतर्फ क्विन्सल्याण्ड युनिभिर्सिटीबाट स्नातक उत्तीर्ण आठौँ ब्याचका आक्रोश श्रेष्ठ, ग्रिफिट युनिभर्सिटी ब्रिसबेन अस्ट्रेलियाबाट सुचना प्रविधिमा स्नातक गरेका भुपेन्द्र बिश्वकर्मा, त्रिभुवन विश्वविद्यालयबाट जिइओ टेक्नीकल इन्जिनियरीङमा स्नातक गरी नेपाल प्रथम भएका गोल्ड मेडलिस्ट विद्यालयका १२ औं ब्याचका इन्द्रलाल सुबेदी, चिकित्सा तर्फ अर्थोपेडिकमा एम एस उपाधि हासिल गरेका पाचौं ब्याचका सचिन्द्र जोशी, चार्टर्ड एकाउन्टेन पुरा गरेका आकृति श्रेष्ठ लगायतलाई वेष्ट पोइन्ट सम्मानबाट सम्मानित गरिएको छ ।

Notice about ban dadalo


त्यसैगरी वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीलाइ पनि सम्मान गरिएको छ । विद्यालयमा १० वर्ष देखि २५ वर्ष सम्म सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरिएको हो । सम्मानित हुनेमा १० वर्ष सेवा गरेका शिक्षक सुमन पौडेल, सन्दिप श्रेष्ठ (लाइब्रेरी इन्चार्ज ) र सुनिता राइ (कर्मचारी) लाइ नगद सहित सम्मान गरिएको छ ।
दिर्घसेवा सेवा सम्मानबाट २० वर्ष सेवा पुरा गरेका निरन्जन श्रेष्ठ र २५ वर्ष सेवा पुरा गरेका दिपेन राइ र मन्टेश्वरी इन्चार्ज थरिमाया पुन समनित हुनुभएको छ । वार्षिकोत्सवको अवसरमा मन्टेश्वरी देखि कलेज तह सम्मका उत्कृष्ट शिक्षक, कर्मचारी र तह संयोजक हरुलाई पनि सम्मान गरेको छ । विद्यालयमा नियमित रचानात्माक सल्लाह, सुझाव र पढाइ प्रती चासो ब्यक्त गर्ने अभिभावकहरुलाई समेत सम्मान गरिएको छ ।

Shreekrishna hardwear in news


वार्षिकोत्सवको अवसर पारेर संचालन गरिएका अभिभावक भलिबल खेलका बिजयी पुरुष तथा महिला अभिभावकहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयबाट विभिन्न राष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरु र कक्षा १२ को बोर्ड परीक्षामा जिल्ला प्रथम हुने केशव रोका र छात्रा तर्फ जिल्ला प्रथम हुने रेखा बिकलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा बेनिनगर पालिकाका प्रमुख सुरत केसी, शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगर, वेष्ट पोइन्ट फाउन्डेसनका अध्यक्ष यजनलाल शाक्यले समान प्रदान गर्नुभएको हो । नगर प्रमुख सुरत केसीले म्याग्दीको शैक्षिक विकासमा निजि विद्यालयको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले अवका दिनमा शैक्षिक पद्दतिलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनु भयो । अंग्रेजी शिक्षाको मोहमा परेर आफ्नो नेपाली भाषा समेत स्तर खस्कदै गएको प्रति इंगित गर्दै शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीको संस्कारगत शिक्षा र ब्यबहार परिबर्तानमा जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले निजि विद्यालयको आकर्षण प्रति जोड दिदै अभिभावकले शुल्क तिरेर नपुग्ने र आफ्ना नानिबाबुहरुको शैक्षिक अबस्था प्रती अभिभावक सधै चनाखो बन्नुपर्ने बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले जसरी घर परिवारमा महिलाको भूमिका उच्च हुन्छा त्यसैगरी म्याग्दीको परिवेसमा बैदेशिक रोजगारेका कारण पारिवारिक जिम्मेवारी महिलाले लिनु परेको अबस्था बारे आफ्ना बालबालिकाको शैक्षिक बिकास र ब्यबहार प्रति अभिभावक अत्यन्तै चनाखो बन्नुपर्ने बताउनु भयो ।
विद्यालय÷कलेजका प्रिन्सिपल डिवी दाहालले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कार्यको बारेमा बताउनुभएको थियो । उहाँले सिकाइ भनेको पढ्नु र लेख्नु मात्रै नभएर फरक फरक क्षमता भएका विद्यार्थीले हरेकले अवसर पाउनुपर्ने खालको सिकाइबारे विद्यालयले योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा मंतेसरी देखि कलेज तह सम्मका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रम वेष्ट पोइन्ट फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, मावि तहका संयोजक मनोज खड्काको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।
औपचारिक कार्यक्रमको समापनपछि विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । सांगीतिक कार्यक्रममा गोल्डेन आइडल पोखरामा फाइनलमा पुगेका रघुगंगा –२ का प्रकाश बहादुर सुनारले समेत सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...