मालढुङ्गा–बेनी सडक निर्माण रोकिदा यात्रुलाई सास्ती

Gandaki Kotihome

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नितिको काम रोकिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई सास्ती र जोखिम बढेको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Upper Myagdi transmition line notice

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत कात्तिक ६ गतेयता सडक निर्माणको काम गरेको छैन् । ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टि, बालुवा र रोडा नपाएपछि बाध्य भएर काम रोक्नुपरेको बताउनुभयो ।

“तिहार अघिसम्म तिब्र गतिमा काम गरेका थियौ । ६ किलोमिटर सडक विस्तार, नाली र पर्खाल सकेर ग्राभेल गर्ने तयारी अवस्थामा छ,” उहाँले भन्नुभयो “ठेक्का सम्झौता अनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन् । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सँयौ मजदुर, दर्जनौ डोजर, टिप्पर थन्काएर राख्नुपरेको छ ।”

Annapurna aarohan ko notice

नदीजन्य कच्चा पदार्थ उपलब्ध हुने र काम गर्ने वातावरण बनाउन अनुरोध सहित सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना, पर्वतको जिल्ला प्रशासन, समन्वय समिति, कुश्मा नगरपालिका, जलजला गाउँपालिकामा मंसिर १५ गते पत्राचार गरेपनि ठोस पहल नभएको गुनासो दाहालले गर्नुभयो ।

सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेश अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेकाले ठेक्का लगाउन नसकिएको, करोडौ राजस्व गुमेको र विकास आयोजनामा असर देखिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
२०७९ चैत महिनासम्मको म्याद रहेको यो सडक योजनाको हालसम्मको भौतिक प्रगति २४ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सडक निर्माणको काम रोकिदाँ यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको बेनीका बद्री शर्माले बताउनुभयो ।

“सहज हुँदा ३० मिनेटमा बेनी देखि मालढुङ्गा पुगीन्थ्यो, अहिले डेढ घण्टा लाग्छ,” उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो सडकमै राखिएका निर्माण सामग्रीले आवत जावतमा असहजता सँगै दुर्घटनाको जोखिम बढेको छ ।” यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका वासिन्दाका साथै पर्यटक र तिर्थयात्री आवत जावत गर्छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणमा देखिएको समस्याका विषयमा सडक विभागमा जानकारी गराएको र रोकिएको कामलाई सूचारु गराउन स्थानीय स्तरमा सहजिकण गरिएको बताउनुभयो ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत बि.स. २०५२ मा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी बि.स. २०६८ मा कालोपत्र भएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...