धाइरीङ,। पर्वतको जलजला गाउँपालिका–७ का चन्द्र बहादुर छेत्रीको स्मृतिमा कृष्ण धर्म माद्यमिक विद्यालयमा स्थापना भएको अक्षय कोषबाट आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ ।
घाहाखेतका चन्द्र बहादुर छेत्रीको नाममा छोराहरु आनन्द, छेत्र बहादुर र छोरी लक्ष्मी शर्माले कोष स्थापना गर्नुभएको थियो । सोही कोषको ब्याजबाट हरेक वर्ष यसैगरी शैक्षिक सामग्री वितरण गर्दै आइएको विद्यालयका अभिभावक संघको अध्यक्ष पुर्ण परियारले जानकारी दिनुभयो ।
एक कार्यक्रमको आयोजना गरि १६९ जना बिध्यार्थिलाई शैक्षिक सामाग्री (कपी कलम) र विद्यायालयलाई एक थान माईक हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थीले गरिबीका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै विद्यार्थीको क्षमतालाई उजागर गर्ने उदेश्यले कोष स्थापना गरिएको कोषका अध्यक्ष लक्ष्मि शर्माले बताउनुभयो ।
अध्यक्ष शर्माको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष परियारको प्रमुख आतिथ्यता, जनप्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।