बेनी । अमेरिकामा रहेका मंगला गाउँपालिका–५ का शान्ति र हिमबहादुर छन्त्यालले बेनीका बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ ।
शान्तिको जन्मदिनको अवसर पारेर आइतबा १२ जना बालबालिकाहरुलाई रु. २५ हजार मूल्य बराबरको न्यानो कपडा उपलब्ध गराएका नेपाल बाल संगठनले जनाएको छ ।
शान्तिका आमा शुशिला भट्टचनले नेपाल बाल संगठनका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा कपडा वितरण गर्नुभएको थियो ।