बेनी नगरपालिकाले भन्यो-संघीयारलाई असर गरेका रुख बिरुवा तत्कालै हटाउ

Gandaki Ghumau

बेनी। म्याग्दीको बेनी नगरपालिकाले अरु व्यक्तिको घर÷जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी लगाईएका÷हुर्काइएका रुख हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

एउटा जग्गाधनीको जमिन तथा वस्तीलाई अर्को जग्गाधनीको रुख बिरुवाले असर गरी खेतीबाली, घर तथा वस्तीलाई नकारात्मक प्रभाव परेको गुनासो आएपछि गत असारमा भएको एघारौ नगरसभाको निर्णय अनुसार यसै हप्ता सूचना जारी गरेको हो ।

संघीयारहरुको जग्गा जमिनलाई असर गर्ने गरी लगाइएका वा हुर्काइएका रुख बिरुवाहरु यथाशिघ्र हटाउन सम्बन्धीत जग्गाधनीलाई नगरपालिकाले अनुरोध गरेको हो । तत्काल विरुवा नहटाएका कारण कसैलाई मर्का पर्न गएमा मर्का पर्ने व्यक्तिले त्यस्तो असर पु¥याउने व्यक्तिबाट क्षतिपूर्ति भराई लिन सक्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

रुख हटाउने कार्यमा सहजिकरणका लागि नगरपालिकाले दश वटै वडा कार्यालय, वन डिभिजन कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई समेत पत्राचार गरेको छ । मुलुकी देवानी संहिता २०७४ अनुसार अरु व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी कसैले रुख बिरुवा लगाउन नहुने, आफैले हटाउनुपर्ने र नहटाएमा प्रभावित हुने व्यक्तिले काट्न सक्ने व्यवस्था रहेको छ ।

यस सम्बन्धी मुद्दा स्थानीय तहको न्यायिक समितिको क्षेत्राधिकारमा पर्दछ । खेतबारी र घरका छेउमा रहेका रुख बिरुवाका कारण ओसेप भएर खेतीबाली उत्पादन घट्नुका साथै रुख ढल्ने, हाँगा खसेर चोट पटक लाग्ने जस्ता समस्या देखिएक छन् । तरकारी, फलफुल र खाद्यबाली खेतीलाई त्यस्ता रुख बिरुवाले असर गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...