विद्यार्थीलाई जेसिजको न्यानो कपडा

khali

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका–९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा वितरण गरेको छ ।

म्याग्दी जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तर्गत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको स्विटर उपलब्ध गराएको हो । बेनीको अर्जुन सपिङ सेन्टरले स्विटर सौजन्य थियो । वडा अध्यक्ष चक्र केसी र म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले स्वीटर वितरण गर्नुभएको थियो ।

khali

जाडोको समयमा विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्कुल ड्रेसको स्वीटर वितरण गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो । वडा अध्यक्ष केसी र विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फौद बहादुर चोखालले प्रशंसनीय कार्य गरेको भन्दै म्याग्दी जेसिजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, तालिम संयोजक कृष्ण शर्माको संचालन र सुनिता बेल्वासेको स्वागतमा सम्पन्न भएको थियो । शिक्षा, स्वास्थ्य, युवा जागरण, सामाजिक सचेतना लगायतका क्षेत्रमा म्याग्दी जेसिजले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...