गलेश्वरमा बालाचर्तुदशीको दिनमा करिब साढे ४ लाख भेटी संकलन

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै करिब साढे ४ लाख रुपैयाँ भेटी संकलन भएको छ । ्
मंसिर ६ गते बालाचर्तुदशीको दिन गलेश्वरधाममा छतवीज छर्न र मन्दिरको दर्शन गर्न आएका भक्तजनबाट रु ४ लाख ४६ हजार ९१३ भेटी संकलन भएको कोषका कार्यालय सचिब राम बानियाँले जानकारी दिनुभयो ।
उक्त रकममध्ये रु ४ लाख २७ हजार ६३ मन्दिरमा चढाइएको भेटीबाट संकलन भएको हो । मन्दिरमा आएका भक्तजनहरुले सहयोग स्वरुप रसिद काटेर रु १ लाख ६३ हजार ५८९ रकम संकलन भएको कोषले जनाएको छ । बालाचर्तुदशीको दिनमा गलेश्वरधाममा २५ हजार बढीले दर्शन तथा पुजापाठ गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरि बैँकमा जम्मा गरिँदै आईएको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मनोकांक्षा पुरा हुने जनविश्वासले देशका विभिन्न स्थानबाट भक्तजनको आगमन हुँदै आएको छ । गलेश्वर शिवालयमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...