जनताले नहारुन

Gandaki Ghumau

हरिप्रसाद पौडेल

मात्रात्मक परिवर्तन आफै हुन्छ गुणात्मक परिवर्तन गर्न सार्थक पहल‌ हुनुपर्दछ। यो उक्ति ब्यक्तिगत जिवन देखि सामाजिक जिवन र समाज परिचालनका सवै पाटामा लागु हुन्छ। देशमा बिभिन्न खाले आन्दोलन र त्यसको जगमा राजनीतिक परिवर्तन धेरै पटक भयो। राणा शासन भोगेको पुस्ता हाम्रै अगाडि हुदै गर्दा राजाको प्रत्यक्ष शासन, संवैधानिक राजतन्त्रात्मक ब्यवस्था साथै संघिय गणतन्त्रात्मक राज्य ब्यवस्था मेरो पुस्ताले समेत यसको प्रत्यक्ष अनुभव गरेको छ तथापि खासमा नागरिक आशा र अपेक्षा परिपुर्ति हुन सकिरहेका छैनन्। अपेक्षा पुर्णरुपमा पुर्ति हुन सक्दैन तर आधारभूत आवश्यकता पुर्ति हुनुपर्छ भन्ने समेत लाई ध्यान नदिईनु नागरिक प्रतिको गैरजिम्मेवारीपन बाहेक केही होइन।

Gunasthariya Shiksya

राज्यले उपलब्ध गराउने साधन श्रोत आधारभूत आवश्यकता पूर्ति गर्ने तह सम्म पनि पुग्न‌ नसक्दा नागरिकमा राज्य र त्यसका नेतृत्व प्रति वितृष्णा उत्पन्न हुनुलाई अन्यथा मान्न‌ मिल्दैन। जिल्ला भित्रने बाटोको मालढुंगा बेनि तत्कालीन म्याग्दी जिल्ला सभापति ओम प्रकाश शेरचनको सकृयतामा म्याग्दी जिल्लाको पैसा पर्वतमा लगानी गरेर ट्रयाक खुलेको २५ बर्ष हुंदा सहज आवतजावत गर्न सकिने गरि स्तरोन्नति हुन सकेको छैन, बेनी दर्वाङ र बेनि पाखापानी सडक बाह्रै महिना सञ्चालन हुन सक्ने अवस्था सम्म पुगेका छैनन्, जिल्ला भित्र १०औं बर्ष अगाडी खुलेका ट्र्याहरु सुध्रिनुको सट्टा बन्द हुदैछन् स्वास्थ्य शिक्षा जस्ता अत्यन्तै आधारभूत र संविधानमा मौलिक हकमा ब्यवथा गरिएका सेवामा सहजता छैन, पिउने पानीको सहज उपलब्धता छैन, सञ्चालनमा रहेका थोरै योजनाहरु समेत अलपत्र अवस्थामा छन्।

Shreekrishna

हरेक बर्षातको तिन महिना जिल्लाका हरेक घर प्राकृतिक विपत्तिको चपेटामा परिनैरहन्छन्, जिल्लाको यो हद सम्मको दुर्दशा भैरहदा नेतृत्वमा रहेको पंति भने सिमित मान्छेहरूको पहुँच स्थापित हुनु, छिटफुट मात्रात्मक परिवर्तनमा सरिक हुनुलाई उपलब्धि देखाएरै आफुलाई सर्वश्रेष्ठ देखाउन लालायीत बनेका हुन्छन्। प्राकृतिक विपत्तिमा बाडेंका चामल र पाल का फोटा उपचारको अभावमा खरिद गरिएका आँशु ले कतिदिन राजनीति गर्ने? यस्तो अवस्था आउन नदिन सार्थक पहल गर्नुपर्दैन? म्याग्दी जिल्लाको बिकासमा आज सम्म पनि किन त्यहि पञ्चायती शासकका सदस्य भिमप्रसाद गौचनलाई सम्झन्छन् जनताले? के रहरले हो? होईन तत्पश्चात देखिने र अनुभुति गर्न सक्ने कुनै कार्य नभएकोले नै हो। अव जिल्लाको नेतृत्व ले यस बिषयमा गम्भिर बन्न सक्नुपर्छ होईन भने फेरी पनि अन्तत: जनतालेनै हारेको महसुस गर्नेछन्।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...