गुर्जाको मतपेटिका पैदलमार्गबाट ल्याइदै

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जाबाट मतपेटिका पैदलमार्गबाट बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन लागिएको छ ।

गुर्जा धवलागिरी गाउँपालिकाको वडा नम्बर १ र बगर वडा नम्बर ५ मा पर्छ । गुर्जाबाट कर्मचारी र सुरक्षाकर्मीहरु मतपेटिका बोकेर सोमबार बिहान स्थलमार्गबाट बेनीतर्फ हिडेका सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

गुर्जाको जनकल्याण मावि मतदान केन्द्रमा ७५४ जना मतदाता रहेकोमा ४१९ मत खसेको मतदान अधिकृत अमृत सुवेदीले बताउनुभयो । बगरको कैलाश आधारभूत मतदान केन्द्रमा १५७ मतदाता रहेकोमा १०७ मत खसेको मतदान अधिकृत गिरिप्रसाद छन्त्यालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बगरका मतदान अधिकृत छन्त्याल बिरामी परेकाले मतपेटिका ढुवानीका लागि हेलिकप्टर माग गरिएको छ । बगरबाट बेनीमा ७ घण्टा पैदलयात्रा र त्यसपछि २ घण्टा सवारी साधनमा यात्रा गरेपछि बेनी आउन सकिन्छ ।

गुर्जा र बगरको मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ । गुर्जा र बगराको बाहेक अन्य सवै मतदान केन्द्रका मतपेटिका आइतबार राती मतगणना स्थलमा आइपुगेको छ ।

गुर्जादेखि मुनासम्म पैदल र मुनादेखी बेनी गाडी मार्फत मतपेटिका ढुवानी गर्ने तयारी भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...