वारीबेनी देखि मल्लाज जादै गरेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

Gandaki Ghumau

बेनी, पर्वतको जलजला गाउँपालिका–३ माइनडाडामा बुधबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।


वारीबेनी प्रहरी चौकीका प्रमुख बिराट ढकालले पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको बताए । ढकालका अनुसार मृतक नेपाली जिपका चालक हुन् । गम्भिर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आषिस नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya


वर्ष १५ की सपना परियार, २० वर्षीया प्रियंका बोहोरा, ४० वर्षीया माया दमाई, १३ वर्षीया यसोदा परियार, २३ वर्षीय रोजनसिंह रोदन, १० वर्षीय नविन वर्देवा, १२ वर्षीय सन्देश रत्न र १४ वर्षीय अजित परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन् ।
जिप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको वारीबेनी प्रहरी चौकीका प्रमुख ढकालले बताए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...