मतदान स्थलमा हिडे कर्मचारी

Gandaki Ghumau

बेनी । म्याग्दीका मतदान केन्द्रमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका गराउन कर्मचारी हिडेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम बस्तीका मतदान केन्द्रका लागि छनौट भएका कर्मचारीहरुलाई खटाउन सुरु गरिएको हो ।
कर्मचारीहरुलाई मंगलबारदेखि निर्वाचन सामग्री उपलब्ध गराएर मतदान केन्द्रमा पठाउन थालिएको हो । जिल्लाको सबैभन्दा दुर्गम र विकट मानिने धवलागिरि गाउँपालिका– १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बुधबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन ।
जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन सामग्री उपलब्ध गराएर मतदान स्थलमा पठाउने काम तिब्रताका साथ भइरहेको बताउनुभयो ।

Gunasthariya Shiksya


सदरमुकाम बेनीदेखि देखि गुर्जा पुग्न दुईदिन लाग्ने हुँदा मंगलबार नै निर्वाचन सामग्री बुझेर मतदान अधिकृत सहितको टोली प्रस्थान गरेको हो । मंसिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले मंगलवार निर्वाचन सामग्री बुझेर गुर्जा तर्फ लागेको मतदान अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । बुधवार देखि अन्य टाढाका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि निर्वाचन सामग्री सहित पठाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna


जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र सुरक्षा निकायले चुनावको सबै तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । १२० मतदान केन्द्रमा ९५६ जना कर्मचारी खटाइएको छ । ६ वटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल छन् ।
प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । ८६ हजार जना मतदाता छन् । प्रहरी नायव उपरीक्षक तिलक भारतीले म्याग्दीमा ७३३ म्यादी र ४०९ जना जनपद प्रहरी परिचालन गरिएको बताउनुभयो । शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जनशक्ति पनि चुनावी सुरक्षामा परिचालन भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...