म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

Gandaki Pardesh notice

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान अन्तर्गत उम्मेदवार र नेताहरुको सहितको टोलीले सो स्थानमा चुनावीसभा सम्पन्न गरेको हुन । देविस्थान र दरवाङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समग्र जिल्लाको आवाजलाई सदनमा पु¥याई जिल्लाबासीहरुको हितमा काम गर्ने प्रतिवद्धता सहित आफु चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

उहाँले जिल्लाको सडक, शिक्षा, पर्यटन लगायतको क्षेत्रमा विकास गरि रोजगारीको सृजना गराउनतर्फ आफ्नो अग्रणी भूमिका रहने बताउनुभयो । आफुलाई विजयी गराउन अनुरोध गर्दै उम्मेदवार श्रेष्ठले जितेर गएपछि समृद्ध म्याग्दी बनाउने अभियानलाई सफल बनाउन अग्रसर रहने बताउनुभयो ।

Shreekrishna hardwear in news

राज्यका स्रोत र साधन वितरणमा समानता, भूमि, पुँजी, ज्ञान, प्रविधि र उत्पादनका साधनमा सवैको पहुँच, सिप, क्षमता तथा उद्यमशिलताको अवसरमा सुनिस्चितता प्रदान गरि जिल्लाबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने महत्वपूर्ण एजेन्डा आफुहरुको भएको उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभा (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले मराङमा जन्मिएर मराङमै हुर्किएर व्यवसायीक हिसावमा बसाई काठमाडौ भएपनि जिल्लाका हरेक गतिविधिहरुमा सहभागी हुँदै आएको बताउनुभयो । म म्याग्देली जनता संग नजिक छु, काठमाडौँमा म्याग्देलीहरुलाई पर्ने दुख तथा समस्याहरुमा अग्रसर भएको छु, उम्मेदवार गर्वुजाले भन्नुभयो, “जिल्लामा पनि विपतमा सहयोग तथा विकास निर्माणका गतिविधिहरुमा समन्वयकारी भुमिका निभाईरहेको छु ।’
जनताको प्रतिनिधि बनेर यो क्षेत्रको नागरिकको जीवन स्तर माथि उकास्ने गरि काम गर्ने मेरो सपनालाई पुरा गराईदिने अधिकार तपाईहरुमा छ, गर्वुजाले भन्नुभयो । कार्यक्रममा नेकपा उमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र थापाले मुलकलाई समृद्ध बनाउने भिजन र मिसन नेकपा एमाले संग मात्र भएको बताउनुभयो ।

Bhautik ministry notice about road

देश बचाउन राष्ट्रियता जोगाउन, नागरिकको सुरक्षा र दिगो विकासका लागि मुलुकमा नेकपा एमालेको सरकारको विकल्प नभएकाले मंसिर ४ एमाले सरकार को नारालाई सार्थकता बनाउन उमालेको पक्षमा मतदान गर्न थापाले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सदस्य सुवास विश्वकर्मा, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य खरमाया विटालु, अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल लगायतका नेताहरुले जिल्लाको विकास र परिवर्तनमा निम्ती एमालेका उम्मेदवारहरुलाई भोट गर्न अपिल गर्नुभएको थियो ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क) अन्तर्गत अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै प्रदेश क का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले अन्नपूर्णमा कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना भएकाले यीनै क्षेत्रको विकासमा जोड दिने बताउनुभयो ।

उम्मेदवार कटुवालले मंसिर ४ मा आफ्नो पक्षमा भोट दिन अपिल गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिको प्रमुख हुँदापनि अन्नपूर्णमा शिक्षा, सडक, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न योजनाहरु सम्पन्न गरेको भन्दै अन्नपूर्णबासीहरुलाई फेरी पनि नजिक भएर काम गर्ने अवसर प्रदान गर्न अनुरोध गर्नुभयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले सवै जात जाति र समुदायको भाषिक, सांस्कृतिक र सामाजिक उत्थान गरि मुलुकलाई समृद्ध बनाउने संकल्प बोकेको बताउनुभयो ।

आर्थिक विकास, दिगो शान्ति, र राजनैतिक स्थायित्वका लागि नेकपा एमालेले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य अघि सारेकाले तिनै लक्ष्यहरुलाई पुरा गर्नका लागि मंसिर ४ मा एमालेको पक्षमा मतदान गर्न सम्पूर्ण जिल्लाबासीहरुमा अपिल गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...