‘म्याग्दीमा रेल होइन, गाउँका सडक सहज बनाउछौ’– गठबन्धनका उमेद्वार

Gandaki Pardesh notice

बाबियाचौर, । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेद्वारहरुले रेल र पानी जहाजको महत्वाकाक्षी सपना भन्दा पनि गाउँका सडकलाई सहज बनाउनु म्याग्दीको आवश्यकता भएको बताएका छन् । उनिहरुले म्याग्दीका सबै गाउँबस्तिमा विकासका पूर्वाधारलाई समान हिसाबले व्यवस्थापन गर्न सकेमा सम्बृद्ध बनाउन सकिने बताए ।

प्रतिनिधिसभा सदस्यका उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, कृषि, पशुपालन, जलविद्युत र पर्यटन मार्फत म्याग्दीलाई विकसित र सम्बृद्ध बनाउन सकिने बताउनुभयो ।

Shreekrishna hardwear in news

‘गाउँमा राम्रो शिक्षा र स्वास्थ्य, रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने र आधारभूत सेवा सुविधाको व्यवस्थापन गर्ने हाम्रो प्रतिवद्धता हो,’ उहाँले भन्नुभयो ‘सिमित ठाउँमा मात्र भन्दा पनि समग्र जिल्लाको समान विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ दुई पटक चुनाव हारेपनि राजनीतिमा निरन्तर क्रियाशिल भएको बताउदै गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले चुनाव जित्ने र गरेका प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम बहादुर जुग्जाली (सुविन)ले म्याग्दीको विकासमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधारका लागि प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

‘रेल र पानीजहाज होइन म्याग्दीका लागि पहिला सहज सडक, खानेपानी, विद्युत, गुणस्तरीय, शिक्षा र स्वास्थ्य, रोजगारी र आयआर्जनको अवसर चाहिएको छ,’ उहाँले भन्नुभयो ‘जनताको समस्या, आवश्यकता बुझेको र पुरा गर्न सक्ने क्षमता भएका गठबन्धनका उमेद्वारलाई जिताउनुहोला । हामी प्रतिवद्धता पुरा गर्छौ ।’

Bhautik ministry notice about road

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले आफू छोटो समयका लागि योजना आयोगमा हुँदा रु. ८० करोड बिनियोजन भएको बेनी–दरवाङ सडक विगतमा चुनाव जितेका प्रतिनिधिको असहयोगका कारण पुरै बजेटको ठेक्का नलागेको र अहिले पनि पुरा हुन नसक्नु दुखद भएको बताउनुभयो ।

‘निर्माण थालेको २६ वर्षसम्म पनि २४ किलोमिटर दुरिको बेनी दरवांग सडक पिच पुरा नहुनुको दोषी विगतमा चुनाव जितेर सांसद मन्त्री भएकाहरु होइनन ?’ उहाँले भन्नुभयो ‘म उपाध्यक्ष हुँदा बजेट बिनियोजन गरेपनि यसै क्षेत्रबाट निर्वाचित मन्त्रीको दोहोरो भूमिकाले पुरै बजेटको ठेक्का लाग्न पाएन् । अहिलेसम्म पिच पुरा भएको छैन् । अरुले जस लिने भएर आफ्नो क्षेत्रमा आएको बजेट र योजना कार्यान्वयनमा असहयोग गर्नेबाट के विकासको आशा गर्नुहुन्छ ?’

बेनी–दरवाङ सडकलाई ढोरपाटन र रुकुमसम्म जोडेर मध्य पहाडी राजमार्गको वैकल्पिक सडक बनाई पश्चिम म्याग्दीको समग्र विकासलाई मुलधारमा ल्याउन सकिने नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका समानुपातिक उमेद्वार समेत रहेका श्रेष्ठले बताउनुभयो ।

संविधानसभा सदस्य गमबहादुर श्रीसले अहिलेको व्यवस्थालाई जोगाउदै देशलाई गलत नेतृत्वको हातमा पुग्न नदिनका लागि गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो । नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले वर्तमान सरकारले अप्ठ्यारो अवस्थाका वावजुद पनि नागरिकलाई प्रतिवद्धता अनुसार कोरोना विरुद्धको खोपको व्यवस्था, विदेशमा विजुली निर्यातको सुरुवात जस्ता दुरगामी महत्वका काम गरेको बताउनुभयो । काँग्रेसका प्रदेशका समानुपातिक उमेद्वार विमला गौचनले संविधानको चिरहरण गरेर दुई पटक आफ्नै बहुमतको संसद भंग गरेका ओलीले भ्रष्ट्राचारी, अपराधीको संरक्षण र देशमा शुसासन कायम राख्न नसकेकोले गठबन्धन बनेको बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका नेता याम श्रेष्ठ, समानुपातिक उमेद्वार वद्री पुनले आफ्नै बहुमत भएको संसदलाई दुई दुई पटक सम्म विघटन गरेर जनमतको अपमान गर्ने एमालेलाई भोट माग्ने अधिकार नभएको बताउनुभयो ।

नेपाली काँग्रेस बाबियाचौरका सभापति श्रीभद्र शर्मा, कुहुँका सभापति रविन पुनले म्याग्दीवासीले यसपटक गठबन्धनलाई जिताएर अवसर पाउँदा पनि काम गर्न नसक्नेहरुलाई सवक सिकाउन आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले गठबन्धनले कार्यकर्तामा उत्साह र टोल टोलमा गठबन्धनको पक्षमा जनलहर छाएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...